साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ

बाँके – भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका छन् । बाँकेस्थित भेरी अस्पतालमा जेठ ४ गतेदेखि उपचाररत दाङ तुल्सीपुर उपमहानगरपालिका-११ वस्ने ५२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु अस्पतालभित्र प्रवेश गरि ईसिजि मेसिन, झ्याल, ढोका तोडफोड गर्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात, अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक समेतको टोली खटि गई उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : ३९ बजे