साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

५ हजार उद्योगीलाई कर छुट दिँदै सरकार : आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक

काठमाडौं – सरकारले करिब ५ लाख उद्योगी व्यावसायीलाई कर छुट दिने भएको छ ।  

कोरोना कहरका कारण थला परेका उद्योगी व्यावसायीलाई राहत हुनेगरी व्यवसायीको कारोबारका आधारमा कर छुट गर्न लागिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुहुँदै  व्यवसायीको गुनासो सम्बोधन गर्न कर छुट गर्न लागिएको बताउनुभयो ।

अर्थमन्त्री  पौडेलले कोरोनाको दोस्रो लहर फैलिएसँगै निर्धारित १ प्रतिशत वृद्धिको लक्ष्य पूरा हुन चुनौतीपूर्ण रहेको बताउनुभयो ।सरकारले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएपनि पछि  संशोधन गरी ४।०१ प्रतिशतमा झारेको थियो । 

‘स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वाृद्धिदर चालू आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएपनि चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड महामारीको दोस्रो लहरको कारणले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण रहेको पौडेलले बताउनुभयो । आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री पौडेलले ०७६/०७७ मा आर्थिक वृद्धिदर २ दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको जानकारी दिनुभयो ।

यसैबीच, कोभिड १९ को महामारीबीच पनि सरकारले अर्थतन्त्र सकारात्मक नै रहेको बताएको छ। चालू आर्थिक वर्षको कुल मूल्यवृद्धि, कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८, १३.१, ६१.१ प्रतिशत रहेको अनुमान छ।

मन्त्री पौडेलका अनुसार चालू आवमा धानको उत्पादन १.३ प्रतिशतले वृद्धि भएको छ।अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र संकचन हुने अवस्था नरहेको बताउनुभयो।

‘बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि हुने अवस्था नरहेपनि अर्थतन्त्र अझै सकारात्मक नै रहेको  ढुंगानाले बताउनुभयो  । वैदेशिक व्यापार, रेमिट्यान्स लगायको क्षेत्र राम्रो नै रहेकले अवस्था नराम्रो नभएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ३ : २९ बजे