देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रगतिशील लेखक सङ्घको नाममा राष्ट्रपतिको विरोध 

 प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अगुवाइमा बहुमत सदस्यका नाममा संघको लोगो समेत प्रयोग गरेर  राष्ट्रपतिले  ओलीसितको  मिलोमतोमा गैरसंवैधानिक रुपमा पुनः प्रतिनिधि सभा विघटन गरेको भन्दै २०७८ जेठ ५ गते विरोध वक्तव्य जारी गर्दै सम्मानित संस्थाको अत्यन्त कुरुप तथा भद्दा  आरोपसहित विरोध वक्तव्य प्रकाशित गरिएको देखिन्छ ।

राजा जस्तो राष्ट्रपति आलोचनाहीन हुन सक्तैन र संविधान मातहत रहेको राष्ट्रपति पूर्णतः संवैधानिक हुन्छ । यसको अर्थ संविधानमा उल्लेख भए बाहेक अन्यथा गर्ने अधिकार राष्ट्रपतिलाई कुनै अधिकार संविधानले गरेको छैन । जब आफू खुसी केही पनि काम गर्ने अधिकार हुँदैन भने राष्ट्रपतिले गल्ती गर्ने भन्ने नै हुँदैन तर ज्ञान,उमेर,अनुभव र योग्यताका पाका व्यक्तित्व गोपीरमण उपाध्याय जस्ता प्रगतिशील स्रष्टाहरु प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपतिले समेत प्रधानमन्त्रीसित मिलोमतो गरेको जस्तो अत्यन्त गैरसंवैधानिक,अनैतिक, गलत, शब्द प्रयोग गरेर राष्ट्रपतिप्रति गम्भीर कटाक्ष गर्नु अत्यन्त कुटकलुषित तथा पूर्वाग्रहपूर्ण देखिन्छ ।

मिलोमतोमा प्रतिनिधि सभा विघटन  गरेको भन्ने कुराले राष्ट्रपतिले गैरसंवैधानिक,अलोकतान्त्रिक,गणतन्त्र विरोधी आदि आदि गर्न गराउन मिलिभगत गरेको आशय र अन्तर्य बुझिन्छ । यतिसम्मको हद दर्जाको टिप्पणी गरेर गणतन्त्रप्रति आम जनता र स्रष्टाहरुमा चरम वितृष्णा सिर्जना गर्ने दुचेष्टा स्पष्ट हुन्छ । आलोचाना  तथ्य,सत्य र वास्तविकतामा आधारित हुनुपर्छ ।  विरोध वक्तव्यमा राष्ट्रपति कुनियतबस बलपूर्वक तानेर विवादित बनाएको विषय अपाच्य भएर गोपी गुरुसित चखिलो प्रतिवाद गर्नबाध्य हुनु परेको हो, प्रतिवाद चर्को भयो भने नरिसाउनु होला । किनभने जायज रिस पनि सौन्दर्य हुन्छ । 

संविधानका धारा उपधारामा उल्लिखत बाहेक कुन चाहिँ अधिकार राष्ट्रपतिलाई दिएको छ ? प्रधानमन्त्री मार्फत् आएका  मन्त्रीमण्डलका प्रस्ताव र निर्णयहरु निःशर्त स्वीकृति गर्ने बाहेक राष्ट्रतिलाई कुर्नै हक,अधिकार संविधानमा दिएको देख्नु भएको छ  गुरु ? तर यति कुरा चाहिँ गुरुलाई बताइदिउँ के भने धारा ७६ को ५ बमोजिम सरकार गठन गर्न विश्वासको मत प्रस्तुत गर्ने ओली र देउवाका दुवै मागदावी पत्रमा कतिपय  सदस्यहरुको दोहोरो हस्ताक्षर भएको सप्रमाण र प्रत्यक्ष देखेर निर्णय गर्ने  बाहेक कहीँ कतै पनि राष्ट्रपतिलाई अधिकार प्रदान गरिएको छैन तर तपाईले घर घरायसी बरव्यवहार,घरजग्गा किनबेच गर्दा मिलोमतो गरे जस्तो कुरा गरेर राष्ट्रपतिप्रति तपाईँले घोर अपमान गर्नु भएको छ । के राष्ट्रपतिले अक्षरशः र हुबहु संविधान सम्मत काम गर्दा पनि पनि गाली गर्नै पर्छ । यो त अति भयो हद भयो । यस्तै खालको सदा सर्वदा गाली मात्र गरेर चित्त बुझाउन मन छ भने घरको एउटा कुनामा एउटा ढुङ्गो राखेर जजसलाई सराप्न मन छ त्यसैलाई प्रतीक ठानेर सदा लात्तले हानेर चित्त बुझाउँदा  हुन्छ त । अनि यो उमेरमा  तमासा किन देखाउनु प¥यो ।

रामवरण यादव र विद्यादेवी भण्डारी दुवैका कार्यकाल तुलना गरेर हेर्नु भएको छ गोपी गुरु ? यसरी हेर्नु भयो भने वर्तमान राष्ट्रपति केही मानवीय कमजोरीका अतिरिक्त अत्यन्त कम विवादमा पर्नु भएको देखिन्छ । यो लेखक पूर्व राष्ट्रपतिका कमजोरी उल्लेख गरेर पहिले र अहिले पनि प्राप्त उपलब्धिप्रति वितृष्णा बढाउन किमार्थ चाहँदैन । पूर्व राष्ट्रपति रामबरण यादव कार्यकालमा नाक,मुख र कान सिएर बसेका   केही ठ्रूला भ्रान्तिपुरे फेक र पेड मिडियाहरु एकोहोरो वर्तमान राष्ट्रपतिलाई जवर्जस्ती विवादको चक्रव्य्ुहमा पार्न अहोरात्र प्रयत्नशील रहेका छन् । यसकै क्ुप्रभावमा   बुद्धिजीवी,स्रष्टा र राजनैतिक पार्टीका नेता र कार्यकर्ताहरु परेको देखिन्छ । एमाले पार्टीले भर्चुअल माध्यमबाट भए पनि  देशव्यापी जनअभियानको लहर सिर्जना गरेन भने पीठो बेच्नेहरु भुइँ तहदेखि नै आम जनातका बीच जब्बर हुने खतरा देखिन्छ । 

जब  जनता गलत अडानमा अडिन्छ त्यस बेला तिनलाई सच्याउन निक्कै हम्मे पर्छ । नाम मात्रका साइवर सेनाले केही पनि लछार्दैन । हर्दम लेखेर बोलेर तर्क संगत तथा प्रभावकारी रुपमा प्रतिवाद गर्ने शक्ति उपेक्षित हुन्छ तवसम्म साइवर सेना बुख्याँचा मात्र हुन्छ । तमाम नेता,कार्यकर्ता एक ढिक्का भएर सुसूचित भएर आफैँ भ्रमबाट मुक्त हुने र सबैलाई मुक्त पार्ने गरी सामाजिक सञ्जाल प्रयोग गर्दैन तवसम्म साइवर सेना दस्तावेजमा मात्र सीमित हुनेछ । महिला ,मधेसी वा दलित राष्ट्रपति भनेर हेपी व्यवहार गर्न खोज्नेहरु सित अर्कै ओखती प्रयोग गर्नु पर्छ । एकजना भए पनि गलत कुतर्कको खण्डन गर्ने गणतन्त्र प्रेमी यस धर्तीमा कोही न कोही छन् भन्न्ो सोचेर लेख्नु बोल्नु पर्छ कमरेड,  प्रगतिशील पहिचान बोकेका प्रगतिशील बामपन्थीहरुका गुरु मानिएका तपाईँको वैचारिक यात्राका उतारचढावहरु बरे यो लेखक जानकार छ । कम्युनिष्ट पार्टीको इतिहास अन्वेषण कार्यदलको केन्द्रीय संयोजक हुँदा तपाईँले बोल्ने क्रममा चुहाएका सूचनाका आधारमा तपाईंँ अहिलेसम्म पनि एउटा गैरसैद्धान्तिक अतिसंकीर्ण गुटपरस्त भएको यस लेखलाई राम्रै जानकारी छ । प्रलेसको उपाध्यक्षमा त्यही उद्देश्यका साथ सुविचारित रुपमा प्रवेश गर्नु भएको यस लेखकले बल्ल बुझ्यो नत्र तपाईं सत्ता र सरकारको भेउ नपाउने, पूर्ण र अंशको द्वन्द्वात्मक अवस्था नबुझ्ने ,मात्रात्मक हुँदै  र गुणात्मक परिवर्तनको माक्र्सवादी वैज्ञानिक परिवर्तन प्रक्रियामा अलमलिने लगायत कुनै न कुनै मात्राको  दायाँ र वायाँ भड्काउ लेखकलाई तपाईँ जत्तिको सर्जकले सैद्धान्तिक वैचारिक तथा दार्शनिक सही दृष्टिकोण दिँदा गुटको सेवा नहुने देखेर उल्टो भड्काउ पथतिर उन्मुख गराउन तपाईँ अत्यन्त सक्रिय हुनुहुन्छ । 

एक समय  घनश्याम भुसालका कतिपय भड्काउ लेखमा यस लेखकले लेखेको आलोचनात्मक प्रतिवादी लेख पढेर तपाईँले यस लेखकलाई भुसाल नेता हुन् त्यसैले उहाँका बारेमा  यसरी टिप्पणी गर्न नहुने पनि बताउनु भएको थियो । सुरुमा जबज विरोधी    तपाई पछिल्लो अवधिमा मदन भण्डारी  र जबजका बारेमा के कारणले हो सकारात्मक हुनु भएको र यस सम्बन्धी महत्वपूर्ण संकलन पनि प्रकाशन गर्नु भएको छ  । उक्त संकलनमा बामदेव गौतम,झलनाथ खनाल र माधव कुमार नेपालका लेखलाई सर्वोपरि स्थान दिएर प्रकाशित गरेको पनि थाहा छ तर तपाईंले आवश्यकता भन्दा बढी महत्व दिएका उपर्युक्त नेताहरु कम्युनिस्ट आन्दोलन प्रति नै भद्दा खालको संसारमै गद्दारी गर्न सक्ने यस लेखकले उहिले नै देखे पनि तपाईले गुटगत स्वार्थका कारण देख्नु् भएन ।  तर जुनसुकै गुट,गोठ वा नेताको आँखा चिम्लेर पछुवा हुनु भनेको आफैलाई समाप्त पार्ने  क्षय रोगलाई सुमसुम्याउनु हो । तर तपाईले अझै चाल पाए पनि भेउ पाउनु भएन । तपाईँ जस्ता ६ सुते फलामे रड दोबार्न सकिन्न यसलाई त  आरनमा हालेरगालेर र पगालेर मात्र सोझ्याउन सकिन्छ ।    

भारतीय शाषक अनु्कूल कन्फर्टेवल  सरकार बनाउन हत्ते हालेर लाग्दाको परिणाम बाध्यात्मक अवस्थाले संविधानतः प्रतिनिधि सभा विघटन गर्नबाध्य हुनु परेको यथार्थ अब त सत्य भयो होला नि ।  संविधानतः भएको विघटन  अलोकतान्त्रिक र असंवैधानिक भन्न तपाईँ जत्तिको मानिसलाई सुहाउँछ ? यसमा त तपाईँको विवेकी नातिले नै यस्ता कुतर्कको  खण्डन गरिदिने छ । अनि संसद्  विघटन प्रतिगामी कदम भन्ने पर्चामा हस्ताक्षर कर्ता तपाई कसरी प्रगतिशील हो ? विघटनले २०६२,०६३ मा स्थापित राजनैतिक उपलब्धिमाथि कहीँ कतै थोरै पनि आँच आउने काम गरेको छ  ?, संविधानमा उल्लेख गरेका ३२ वटा मौलिक  अधिकारहरु   गरेको छ ? 

आफ्ना माग दाबी उपर जनतालाई संगठित गर्न कोरोना बाहेक कसैले छेकेको छ ? के यो पूर्व राजा ज्ञानेन्द्र शाहले चालेजस्तो कदम हो ? रहरले आफैँ आफ्नो मुख सिएर र टेपले टालेर नखरा गरेकै आधारमा प्रतिगमन भन्न अलिकति पनि सर्म लाग्दैन ? संविधानतः मध्यावधि वा अर्लि इलेक्सन जाँदा प्रतिगमन हुन्छ ? यस्तो हो भने त पाँच वर्षपछि चुनाव गर्ने भएन नि होइन ? कोरोनाका महामारीका बीच अरावौँ रुपियाँ खर्च गरेर चुनाव गर्नुहुँदैन भनेर प्रश्न सामान्य जनतालाई सुहाउँछ  । लोकतान्त्रिक वा आवधिक निर्वाचन गर्नै पर्ने प्रणाली र व्यवस्था तीन बित्ता उफ्रिएर राज्ने अनि चुनावको विरोध गर्न सुहाउँछ ?  कोरोना उपचार आफ्नो ठाउँमा छ र यो काम भइरहन्छ तर कोरोना कालमा भनेर विहे व्रतबन्ध र हनिमुन त रोकिँदो रहेनछ होइन प्रभु । बाबु मरे पनि छोराले सधैँ झोक्राएर बस्दैन त । जीवन त चलिरहन्छ नि । प्राकृतिक वा अन्य खाले ध्वंश सँगै  निर्माण र पुनःनिर्माण हुन्छन् नि होइन ? कारोना कालमा जोइपाइ सँगै बस्नु नपर्ने हो । जीवन जगत्मा निरन्तर चलिरहने प्रक्रिया होइन र । कोरोना कोरोना जपेर मात्र कारोना रोग निको हुन्छ र ?  अनि रातको १  बजे किन विघटन भन्नु हुन्छ भने कतिपय काम गर्दागर्दै रात पर्र्दैन र ? अहिलेका राष्ट्रमात्र यस्तो काम गरेको हो र ? तपाईँ त पण्डित पनि हो मध्यरातमा नै अकस्मात् आफ्रन्तको मृत्यु भइगयो भने  भने मृत्यु संस्कारका सामान्य काम गरिँदैनन् र ?  

२०४६ साल पश्चात्को सरकारी नेतृत्वले देश र जनताका जायज मागका सबालमा शान्तिपूर्ण आन्दोलन गर्दा नेताहरुलाई नै धरपकड,लछार पछार र बल प्रयोग गरेर चिसा छिँडीमा राखेको बिर्सनु भयो ? सायद् यस्ता विषयमा तपाईँ आफैँ पनि पर्नु भएको हुनसक्छ । बन्दुकको आँखा हुँदैन भन्दै निहत्था वाल वालिका र जन साधारणको निर्मम हत्या भएको तपाईँले बिर्सनु भयो ? अनिश शाक्य जस्ता निरपराध बालबालिकाहरु प्रजातान्त्रिक सरकारको गोलीले मारिएका होइनन् ? के अहिले त्यस्तो अवस्था छ र प्रतिगमन भयो ?  बरु तपाईँ आफैँ चाहिँ कति प्रगतिशील हो भन्ने कुरा केही समय अघिदेखिका व्यवहारले किमार्थ   पुष्टि गर्दैन नेपाली जनताको भावना विपरीत प्रतिनिधि सभाको विघटन भएको भन्ने तपाईँ  को हो ? जहाँजहाँ जुन प्रदेश र स्थानीय तहहरुमा,दूरदराज र गाउँहरुमा जनताले प्रत्यक्ष अन्ुभूत गर्ने गरी ओली सरकारले तत्कालीन, अल्पकालीन र  दूरगामी महत्वका कामहरु गरेका ठाउँहरुका आवाज तपाईँले सुन्नु भएको छ ?  फेक,पेड र मेड मिडिया र माध्यमबाट प्रवाहित विचार र समाचारहरुका भरमा पर्नु भएको हो भने बेग्लै कुरा हो यस्ता फरेवहरु सरकारका  कामहरुबाट खण्डित भइरहेको देख्नु भएको छ ?  हाल काठमाडौँबासी तपाईँ नवनिर्मित धरहरा,रानी पोखरी,अन्तराष्ट्रिय भवन,मेलम्चीको पानी आदि आदि मात्रै होइन  तपाईँकै पश्चिम  पहाडको  गाउँघर,जिल्ला वा प्रदेशमा सरकारले अभूतपूर्व रुपमा गरेका कामहरु हेर्नुहोुस् र गन्नुहोस् र टिप्नु होस् एउटा कापी भरिन्छ । तपाईँहरु जस्ता केही जबज,प्रगतिशील तथा प्रगतिवादलाई बौद्धिक विलास गर्ने बुद्धिजीवीहरुलाई जनताले कति पत्याउँछन् देखिएकै छ । नत्र परिसंवाद कार्यक्रम लगायत केन्द्रले आयोजना गरेका कार्यक्रमहरुमा कतिपय स्रष्टाहरुले पर्याप्त  सूचना सामग्रीका अभावमा वा दुराग्रहबस सरकारका एउटा पनि सकारात्मक काम प्रायः नदेख्दा तपाईँले त्यस्ता भ्रम निवारण गर्ने खालका बोलीवचन पटक्कै बोलेको यस लेखकले सु्नेको छैन । अझ परिसंवादमा  जबजको हुर्मत लिने वक्ताहरु ल्याएर नेपाली विशेषताको समाजवादको स्पष्ट खाका तयार पार्ने सिद्धान्त विरुद्ध सुविचारित रुपमा तपाईँ लागिपरेको यस लेखकले देखेको छ ।  कम्युनिष्ट आन्दोलन र जबजमा  विद्यावारिधि गर्नेहरु त्यसकै खिलाफमा सार्वजनिक कार्यक्रममा देखापरेको अत्यन्त लज्जाजनक दृश्य देख्नुपरेको छ । माक्र्सवाद र कम्युनिस्टका बारेमा जागिर र राजनीतिमा  पदोन्नति गर्न  लेख्ने,पढ्ने र कृति प्रकाशन गर्ने तर त्यसकै विरुद्ध  सक्रिय हुने माक्र्सवादी र प्रगतिशील ?  एउटा ज्ञान,अनुभव र योग्यताको  अगुवा स्रष्टामा  अग्रगमनको चेत,चिन्तन र चरित्र हुँदैन र कुनै पनि खाले आग्रह रहित भएर अग्लो उचाइ कायम गर्देन भने सुन्दा  घघडानको कुनै काम छैन, वास्तविक घघडान वा प्रभावशाली हुनुप¥यो । माओले झैँ आफूलाई आजीवन रुपान्तरित गरिरहने काम गरिएन भने जति धेरै पढेलेखे पनि र पार्टीको जति ठूलो नेता र नेतृत्वमा विराजमान भए पनि गुण गरिमाका दृष्टिले लिलिपुट नै हुन्छ र यत्रतत्र भएको देखिन्छ । माओको सांस्कृतिक क्रान्तिलाई समर्र्थन नगरेको आशंकामा  आफू सहित घरपरिवार नै जीवन मरणको दोसाँधमा  पुग्दा पनि तेङ सियाओ पेङले पार्टी नै परित्याग गर्ने जस्तो निकृष्टतम  काम गर्नु भएन ।  आजीवन पार्टी प्रमुख र प्रधानमन्त्री हुन नपाएर त्यसैका लागि अपहत्ते गर्ने माधव नेपाल भने पार्टी विरुद्ध ज्याफालेर लागेका छन् । 

तर  तपाईँहरु उहाँकै कट्टर समर्थनमा देख्दा लाज नै लजाएको अवस्था छ । कृपया अबदेखि तपाईँले आफूलाई प्रगतिशील नभन्नु होस् । नैतिकता छ भने तपाईँले प्रलेसको उपाध्यक्षबाट राजिनामा दिनुहोस् । संयोगले प्रलेसको प्रदेश नं . १ को इन्चार्ज हुनु भएको तपाईँ सबै जवाफ तयार पारेर मात्र यता आउनु होला । तपाईले भनेझैँ  के ओलीले कन्फर्टेवल सरकार बनाउन राजीना दिएर नैतिकवान् बन्नु पर्ने थियो ? कमजोरी देखे वा पाए प्रधानमन्त्रीकै पनि आलोचना गर्न पछि नपर्ने यो लेखक बुद्धले भनेझैँ गुरु र महान् नेताका पनि कमजोरी उठाउँछ,   ०४६ सालको पूर्व सन्ध्यामा भारतीय सशस्त्र सैन्य सहयोग नेपालमा ल्याएर आमूल परिवर्तन गर्न मरिहत्ते भएर लाग्ने र  भारतीय रअसित उतिबेलै घनिष्ट सम्बन्ध भएका नेपाल गोपी गुरुका  आराध्य देव वा प्रातः स्मरणीय नेता होलान् तर यस्ता काम प्रधानमन्त्रीले नै गरे पनि यो लेखक ठाडो अस्वीकार गर्ने हिम्मत राख्छ ।   

 नेपालको गणतन्त्र कलिलो छ । यो सामन्तवादी सांस्कृतिक जग र जरामा टुक्रुक्क बसेको अवस्था छ । बसौँदेखि तालिम प्राप्त दरबार,दरबारिया,राजा वा राजतन्त्रको जस्तो कुटनीति नामको देखावटी बरव्यवहार गर्न जनताका सन्तानले राम्ररी सिक्ने कुरा हुँदैन । यसलाई सही सुझाव सल्लाह दिएर तदनुसार चल्न सरसहयोग गर्नु पर्ने अवस्थामा भर्खर जन्मेको वालकलाई स्याहार्ने कुरामा मतलव नै नराखी आफैँले ल्याएको गणतन्त्र, र रोपेको र मलजल गरेको नेपाली एकताको एउटा प्रतीक विरुवामाथि तातो पानी खन्याउन गोपी गुरु जस्ता व्यक्तिलाई किमार्थ सुहाउँदैन । राष्ट्रपति भए पछि मात्र आचार,विचार,कुटनीति र बरव्यवहार सिक्ने कुरा होइन अहिले देखि नै सिक्ने कुरा हो । राष्ट्रपतिलाई व्यक्ति भन्दा संस्थाका रुपमा संविधानले राखेको छ । संविधान मातहत भए पनि राष्ट्रपति सबै नेपालीको अत्यन्त  सम्मानित संस्थ हो । संविधान भन्दा माथि हुने राजतन्त्रमा राजा जस्तो राष्ट्रपति होइन । जननेता मदन भण्डारीले ०४७ सालतिर  एक समारोहमा प्राज्ञ मदनमणि दीक्षित जस्ता महान् मानिएका   विद्वान् पनि राजाले एक भेटमा तपाईँ भनेर देखावटी आदर गडर्दा  फुरुक्क परेर हत्तपत्त आफ्ना अधिकार महाराजले छाडिहाल्न हुन्न भनेको   बताउनु भएको थियो । कार्लमाक्र्सले भनेझैँ तत्काल फेरिएको राजनैतिक अवस्थामा  पनि पुरानै शाषक र शासन प्रणालीको विचार र संस्कृति असर बलशाली हुन्छ र यसको कुप्रभावमा  नेता,बुद्धिजीवी र स्रष्टा पनि पर्ने गर्छन्  ।  त्यसैले यस्ता गम्भीर विषयमा मसिनो गरी मनन गर्न सकएन भने दायाँ वा वायाँ भड्काउमा परिन्छ । परिस्थति अनुसार आफूलाई बदल्न नसक्ने वा यस्ता गम्भीर कुरामा मसिनो गरी ध्यान मन र चित्त नदिने बुद्धिजीवी र स्रष्टाहरु देखेको छ । प्रलेसको विरोध वक्तव्यमा सही छाप गर्ने अन्य पदाधिकारी, सदस्य र सल्लाहकारलाई यस लेखकको केही भनाइ छैन । आफूलाई मात्र सच्चा क्रान्तिकारी भन्ने कम्युनिस्टका नाममा उग्रवादी,अवसरवादी,कठमुल्लावादी र लप्फाजी पार्टीका भ्रममा परे पनि ती व्यक्तिगत रुपमा समग्र खाराव भन्न मिल्दैन ।  तथापि अनेक खालका भड्काउमा परेका लेखक,कवि,वकिल तथा बुद्धिजीवी देखिन्छन्  । 

त्यसैले इँटाभट्टाको चिम्नीमा ज्युँदा मानिसलाई पोल्ने मुद्दामा दोषीका पक्षबाट बहस पैरवी गर्ने र पेसाभन्दा पैसामा अपहत्ते गर्ने देशका सम्मानित संस्था र व्यक्तित्वलाई डाका र डकैत जस्ता निम्छरा बोली बोल्ने थापा थरि र भट्टराई थरि कानुन्चीसित संवाद गर्न पनि एउटा विवेक भएको मानिसले बोल्न पनि सुहाउँदैन ।  घरपरिवारमै कम्युनिस्ट शैक्षिक वातावरण पाएर पनि गैरमाक्र्सवादी निम्न पँँजिवादी चरित्र र चिन्तन बोकेका आवेश,उत्तेजना र कुण्ठाग्रस्त  विरोध खतिवडा, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलहरु पनि नामोल्लेख गर्न लायक पात्र होइनन् ? तर गोपी गुरु पनि तिनकै लहरमा उभ्भिन खोज्नु भएको हो ? 

लेखक प्रलेस,केन्द्रीय सल्लाहकार हुन् । 

​​​​​​​

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  २ : ५४ बजे