सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गृह मन्त्रालयले भन्यो, स्वास्थ्यकर्मीमाथी आक्रमण र तोडफोड गर्नेलाई कारबाही हुन्छ

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।

बिरामीको मृत्यु भएपछि भेरी अस्पतालमा उनीहरुका आफन्तले चिकित्सकमाथी हातपातको प्रयास गरेका थिए । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । 


 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  २ : १६ बजे