‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । 

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेको सन्दर्भमा परेका रिटहरूमाथि  कोरोना महामारीका कारण स्वास्थ्य सतर्कतासहित जारी रहेको सुनुवाईमा अहिले रिटहरू पढेपछि बहस शुरु भएको छ । 
शुक्रबारको इजलासमा संवैधानिक इजलासमा जाने भनी सोझै दर्ता भएका निवेदनका साथै बिहीबार एकल इजलासको आदेशबाट फरवार्ड भएका १९ निवेदनहरु पनि एकसाथ पेस भएका छन् । सांसदहरुले पेस गरेको निवेदन सुनुवाइको आठौं क्रममा रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १ : ०३ बजे