सुनसरी । नेपाली काग्रेसका स्थानीय नेत सहित तीन जना नक्कली नोटसहित पक्राउ परेका छन् । धरान इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नेपाली कांग्रेस धरान उपमहानगर समितिका उपसभापति महेन्द्र तामाङ, धरान–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ र सुनसरी हरिनगरा गाउँपालिका–२ का २४ वर्षीय नजिम साफि नक्कली नेपाली नोटसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट कागजमा पोको पारी राखेको अबस्थामा ४ सय १५ थान एक हजार दरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक कार्वाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार ५ : ४७ बजे
प्रतिक्रिया