‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।

५ सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुहने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो । 

यो नियमित इजलास हो। आजको इजलासले मुद्दा सम्बन्धमा अन्तरिम आदेश दिने नदिने निर्णय गर्नेछ। 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ०२ बजे