काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश)मा डा खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।
प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार ५ : १० बजे
प्रतिक्रिया