सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ६ हजार ९३९ जनामा कोरोनाको संक्रमण पुष्टि, १०६ जनाको मृत्यु

काठमाडौँ –  नेपालमा  थप  ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४१४ पीसीआर र ५७८ एन्टिजेन विधिबाट परीक्षण गराएका नमूनामध्ये कुल ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा ७ हजार २२६ जना कोरोना संक्रमित उपचार पश्चात निको भई घर फर्केका  छन् ।

त्यस्तै आज थप १०६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ४ : ५१ बजे