सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चक्रवात यासको प्रभावले शनिबारसम्म वर्षा जारी रहने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । भारतमा विध्वंस मच्चाएको शक्तिशाली चक्रवात यासको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको र भारी वर्षाको सम्भावना पनि रहेको छ।

त्यस्तै देशका हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात रवर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ १३ गते(विहीबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमालीर उच्च पहाडी भू-भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश  स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बाग्मती,  तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

२०७८ जे​​​​​​​ठ १४ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमालीर उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमालीर उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १५ गते  (शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका केहि स्थानहरूमा मेघगर्जन , चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमालीर उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भेगका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमालीर उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ७ : ५० बजे