सुनको मूल्यमा नयाँ कीर्तिमान

घुन्सामा बिरामी बढ्दै

फुङ्लिङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँमा केही दिनदेखि बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

समुन्द्र सतह देखि तीन हजार ५०० मिटर उचाइमा अवस्थीत घुन्सा गाउँमा  दिन दिनै बिरामी बढ्न थालेको स्थानीय पेमा शेर्पाले बताउनुभयो । प्रत्येक घरमा बिरामी रहेको उहाँले भएको बताउनु भयो । उहाँले भन्नुभयो, “कोरोना जस्तै लक्षण छ, तर परिक्षण कसैले गरेको छैन् । यहाँ आएर कसले परीक्षण गरिदिन्छ ।” कोभिड नै हो की भनेर डर लागिरेको शेर्पाले बताउनुभयो ।

कोभिड—१९ को सङ्क्रमण बढ्दै गएसँगै हिमाली बस्ती घुन्सामा पनि लक्षण कोभिडकोजस्तै बिरामी देखा परेको स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताउनुभयो । केहि दिन देखि घुन्सावासीमा रुघा खोकी, टाउँको दुख्ने, छाती दुख्ने, ज्वोरो आउँने, वान्ता लाग्ने र पखाला लाग्नेजस्ता लक्षणका बिरामी बढ्दै गएको घुन्सा स्वास्थ्य एकाइ कार्यालयका प्रमुख अहेव प्रविन राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निको पनि हुर्दै छन् । केही दिन अगाडि प्रायः सबै घरमा बिरामी देखिएको थियो, अहिले पनि २५ घरमा  बिरामी छन् ।” रुघा खोकी, ज्वोरो, पखाला लाग्ने औषधिहरु दिँदै आएको राईले बताउनुभयो ।

रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ९ : ४५ बजे