साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

४ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं – रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित बुद्ध नगरबाट प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय हेमलाल गन्धर्व छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरले गन्धर्वलाई पक्राउ गरेको हो ।

मंगलबार साँझ उनले ४ वर्षीया बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  गन्धर्वले ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेका हुन् । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ४७ बजे