सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सी जिन पिङसँग टेलिफोन संवाद, खोप उपलब्ध गराइदिन आग्रह

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार  चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद गर्नुभएको छ । कोभिड महामारीको एक वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।

दुई राष्ट्र प्रमुखबीच भएको  संवादमा राष्ट्रपति भण्डारीले कोभिड१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ  । 
जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

नेपाल कोनोरा भाइरस महामारीको कठिन अवस्थामा रहेको बताउँदै राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराइदिन चिनसँग अनुरोध गर्नुभएको हो । नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताउनुभयो  ।

नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवाद दिनुभयो ।

टेलिफोन संवादका क्रममा राष्ट्रपतिले चिनियाँ समकक्षी सीको अघिल्लोपटक भएको नेपाल भ्रमणको स्मरण गर्दै महामारी नियन्त्रणमा चीनले हासिल गरेको सफलता अनुकरणीय भएको उल्लेख गर्नुभयो । संवादकाक्रममा राष्ट्रपती भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि जिज्ञासा राखेको बताइन्छ ।

राष्ट्रपति भण्डारीले बुधबारै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तीका लागि विशेष पहल गर्न अनुरोध गर्नुभएको थियो । 

राष्ट्रपचि भण्डारीले एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गर्नुभएको हो । 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ०९ बजे