नयाँदिल्ली । भारतले नेपालमा प्रतिनिधि सभा विघटन भएर मध्यावधि निर्वाचन घोषणा गरिएको घटनालाई नेपालको ‘आन्तरिक मामिला’ भएको टिप्पणी गरेको छ।
विदेश मन्त्रालयले बुधबार औपचारिक रुपमा विज्ञप्ति मार्फत नेपालका पछिल्ला राजनीतिक घटना नेपालकै आन्तरिक मामिला भएको र यसलाई समाधान गर्न नेपाल आफै सक्षम रहेको बताएको हो । यस्तो टिप्पणी गरेको हो। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे सञ्चारमाध्यममा उठेका प्रश्नमा आफ्नो धारणा भन्दै सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई हामी नेपालको आन्तरिक मामिला ठान्छौं। नेपालले यसलाई आफ्नै संरचना र लोकतान्त्रिक प्रक्रियाद्वारा सम्बोधन गर्नेछ।’
विदेश मन्त्रालयले नेपालमा विकसित घटनाक्रमलाई ुनोटु गरेको भन्दै छिमेकी र मित्रशक्तिको हिसाबले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहनेसमेत उल्लेख गरेको छ।
प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १ : ४० बजे
प्रतिक्रिया