‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रपति भण्डारीद्धारा भारतीय समकक्षीसँग खोप उपलब्ध गराइदिन विशेष आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोभिड-१९ विरुद्धको  भ्याक्सिन उपलब्ध गराइदिन विशेष आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज भारतीय राष्ट्रपतिलाई पत्राचार गर्दै  कोभिसिल्डको प्रथम डोज खोप लगाएर बसेका नेपाली नागरिकहरुलाई दोस्रो डोजको आवश्यक मात्रा उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीले  पत्र मार्फत भारतमा कोरोना महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह गर्नुभएको छ ।

नेपालमा हाल २१ लाख १३ हजार जना दोस्रो डोजको प्रतिक्षामा छन् । यसअघि भारतले  नेपाललाई २० लाख डोज कोभिसिल्डको खोप उपलब्ध गराएको थियो । भारतबाट थप दश लाख डोज खोप नेपाल आउन बाँकी छ ।

भारतको सिरम इष्टिच्युटले २०२१ को अन्त्यपछी विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १ : २८ बजे