सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसद मध्ये बैठकमा २१ सांसद उपस्थित भएका छन्  ।

मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान शुरु भएको हो । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।

एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मंगलबारका लागि बोलाइएको सुदूरपश्चिम आपसी विवादपछि स्थगित भएको थियो । 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ११ : ०६ बजे