काठमाडौं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने थप ४० राजनीतिक दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन गरेको हो ।
यसअघि आयोगले सोमबार लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
“आयोगको मिति २०७८/१६ को निर्णयानुसार लगातार तीन आर्थिक वर्षसम्म आयोगमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र मिति २०७८/१/८ को निर्णयानुसार नियमित रूपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित ७ ९सात० दिनभित्र स्पष्टीकरण पेस गर्न लेखी पठाएको हो ।
लेखापरीक्षण प्रतिवेदन नबुझाए के हुन्छ ?
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब–किताब देखिने गरी लेखा राख्नपर्ने, अभिलेख राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनुपर्ने, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण कानुनबमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गरी सार्वजनिकसमेत गर्नुपर्ने व्वस्था छ । ।
दलले तोकिएबमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा माग गरेबमोजिम स्पष्टीकरण पेस नगरेमा आयोगले २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।
त्यस्तै, लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९१० बमोजिम ५० हजार रुपैयाँसम्म जरिवाना गर्नुका साथै दललाई त्यस्तो काम–कारबाही ६ महिनाभित्र सच्याउन आदेश दिन सक्ने, तोकिएबमोजिमको जरिवाना नबुझाएमा वा तोकिएको अवधिभित्र काम–कारबाही नसच्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्नेछ ।
त्यस्तै, ऐनबमोजिमको कसुर एकपटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेजसमेत गर्नसक्ने व्यवस्था ऐनमा छ ।
८६ दल जस्ले बुझाएनन् लेखापरीक्षण प्रतिवेदन (सूची )
प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार ३ : ४९ बजे
प्रतिक्रिया