सुनको मूल्यमा नयाँ कीर्तिमान

आमासहित छोराछोरी मृतावस्थामा !

झिमरुक – प्युठानमा एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई फेला परेको हो । सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइतीजान भनेर घरबाट गायत्री निस्केनुभएको उहाँका ससुरा गिरबहादुर सुनारले बताउनुभयो । उहाँले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिनुभयो ।

ती शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।

–सागर शर्मा/रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ७ : ४२ बजे