‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाडौँ – नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दाँैत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि÷राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि ÷राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई  नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयुक्त जानकारीपत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ ।  

त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले  पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्रसङ्घमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदानप्रदान गर्नुभएको थियो । 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ६ : ३३ बजे