सुनको मूल्यमा नयाँ कीर्तिमान

कोभिड बिरुद्ध आत्मबलबढाउन र सचेतना फैलाउनधर्मिक अगुवाहरु जुट्ने 

काठमाडौँ । लुम्बिनीविश्वबिद्यालयकापुर्व उपकुलपती डा.नरेशमान बज्राचार्य लगायतकाधार्मिक अगुवाहरुले कोभिड १९ लाई जित्नको लागि सचेतना र आमनागरिकलाई आत्मबलबिकास गर्नुका साथै बालबालिकालाई उत्प्रेरणा दिने कार्यक्रम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  

कोभिडले बालमनोविज्ञानमा पारेको प्रभावन्यूनिकरणका लागिधार्मिक गुरुतथाधार्मिक अगुवाहरूको भूमिकाविषयक छलफल कार्यक्रमबिभिन्नधर्मकाअगुवाहरुले आम समुदायलाई आशा र उत्प्रेरणा जगाउने कार्यक्रमगर्ने प्रतिवद्धता व्यक्तव्यक्त गरेकाहुन्।लुम्बिनीविश्वबिद्यालयकापुर्व उपकुलपती डा. नरेशमान बज्राचार्यले कोभिडका समयमा मेलातथाजात्रा, विवाहलगायत सबै कर्मकाण्ड रोक्नको लागिधर्मगुरुहरुले नै भुमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले आफुले मच्छेन्द्र नाथको जात्रालाई छोट्याउनको लागिभूमिका खेलेको बताउदै सबै धर्म गुरुहरुले मान्छे जम्माहुने कुनै कर्मकाण्ड नगराउन आग्रह गर्नु भयो ।  

बुद्ध जयन्ती, उभौली,गोरख जयन्ती र चण्डी पुर्णीमाका अवसरमा सबै धर्मका अगुवाहरुलाई एकै ठाउमा राखेर धार्मिक सद्भाव बृद्धि गर्ने र कोभिडका बिरुद्ध लड्ने उत्प्रेरणा बृद्धी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । वल्डभिजन इन्टरनेशनल नेपाल, निरन नेपाल, अकोराब र सीआईएनको सहकार्यमा भरच्युल माध्यमबाट भएको कार्यक्रममा  बिभिन्न धर्मका धार्मिक गुरु तथा अगुवाहरू, बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका सय जनाभन्दा बढि प्रतिनिधिको सहभागिता रहेको थियो । 

हिन्दु बिद्यापिठका संस्थापक चिन्तामणी योगीले कोभिड १९काकारण बिद्यालय बन्द भएकाले अबिभावकहरुले बालबालिकालाई घरमा दैनिक तालिका बनाएर व्यवहारिक ज्ञान सिकाई व्यस्तबनाउनु पर्ने बताउनु भयो । उहाँले अहिलेको जस्तो अवस्था सधै नरहने भन्दै आशाजगाउने कार्यक्रमगर्न आफु तयार रहेको बताउनु भयो । 
मनोपरामर्शकर्ता गोपाल ढकालले बालमानोबिज्ञानमा त्रास फैलिएको र विद्यालय बन्द हुँदा अन्योलता बढेकाले उनिहरुका लागि आध्यात्मिक ज्ञान र उत्प्रेरणा दिने शिक्षा घरमै दिनु पर्ने बताउनु भयो । चिन्तामा रहेका बालबालिकालाई परामर्श दिने जीवन जगतको चक्रलाई बुझाउने काम परिवारका जेष्ठ सदश्य र धर्मगुरुहरुबाट गराउनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा स्लामधर्मका अगुवा इरफान पोखरेलले कोभिडको समयमा आफ्नो समुदायमाहुने वालविवाह रोक्नको लागिआफुहरु सजकभएको बताउनु भयो  । 

क्रिस्चीयन क्याथोलिक समुदायकाअगुवा जस निरौलाले कोभिडको अहिलेको त्रासादिपूर्ण समयमा बालबालिका मात्रै होइन पौढहरुलाई पनि आफ्नो आफ्नो धर्मका अगुवाहरुले उत्साह र आत्मवल बढाउनको लागि भूमिका खेल्न सक्ने बताउनु भयो । थानकोटका बिद्यार्थी सोभा पराजुलीले बालिका र महिला माथि हुने हिंसा रोक्न धर्म गुरुहरुलाई आग्रहगर्नु भयो । किरातधर्मका गुरु तिर्थ राईले यस्तो बेलामा अबिभाबकले आफ्नो बालबालिकालाई प्रकृति चिन्न सघाउनु पर्ने भन्दै उभौलीको शुभकामना दिनुभयो । 

बालबालिकाहरुका लागि यो बेलामा उत्पे्ररणा मुलक कार्यक्रम सीआईएनमार्फत गर्न निरनका अध्यक्ष हर्स थापा, चिन्तामणी योगी, भिक्षु पीयादासीलगायतले आग्रह गर्नु भयो ।  सबै धर्मका चाडपर्वका अवसरमा सबै धर्मका गुरुहरुलाई एकै ठाउमा राखेर सद्भाव बृद्धि र परिवर्तनका लागि संकल्प गराउने काम विगत वर्षदेखी सीआईएनले गर्दै आएको र आगामि दिनमा अझै धर्मगुरु र बालबालिकालाई जोड्ने कार्यक्रम सीआईएनले गर्ने सीआईएनका  प्रवन्धकदीपकआचार्यले बताउनु भयो । इसाई धर्मका अगुवा इसुजंग कार्कीले कोभिडको समयमा बाहिर घुम्नु भन्दा पनि धार्मिक पुस्तकहरु पढ्ने गर्नाले अबिभाबकका साथै छोराछोरीको पनि पढ्ने बानिको विकास हुने बताउदै त्यतातर्फ ध्यानदिन सबै अबिभाबकलाई आग्रह गर्नुभयो । 

कर्मकाण्ड महासंघका उपाध्यक्ष रामचन्द्र भण्डारीले महासंघले अब सबै प्रकारका धार्मिक कार्य रोक्न र मठमन्दीरबाट फैलने संक्रमण रोक्नकाम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले बन्दाबन्दीको बेलामा विगतमा जस्तै यस पटक पनि बालविवाह हुन नदिन सबै धर्म गुरुलाई त्यस्तो कार्यमा सहभागि नहुन आग्रह गर्नु भयो । असोधाराका आचार्य डा. नम्रता पाण्डेले यस्तो समयमा बालबालिकालाई कलाकारिता र सकारात्मक कुराहरु मात्रै सिकाउनु पर्ने बताउनु भयो । 
 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ५६ बजे