साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सभामुख सापकोटा विरुद्धको मुद्दा :  ६ वर्षमा १२औं पटक सर्‍यो पेसी 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको ज्यानमुद्दा सर्वोच्च अदालतमा आजपनि हेर्न नभ्याइनेमा परेको छ ।

यसअघि पनि सो मुद्दा पटक– पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।  

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि भएको हत्यामा सापकोटालाई प्रमुख दोषी बनाएर उनीविरुद्द मुद्दा दर्ता भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेकोउक्त  मुद्दा बुधबारसम्म गरी  १२औं पटक पेसीमा चढ्दै  सुनुवाइ  सरेको स¥यै छ।

पहिलो पटक यो मुद्दा २०७२ सालको चैत २२ गते संवैधानिक इजलासमा पुगेको थियो। तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

अहिले संवैधानिक इजलासमा  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा  न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ । 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ५६ बजे