‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नवलपरासीमा १ सय गिद्ध मृत फेला

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सय भन्दा बढी संख्यामा गिद्ध मृत फेला परेका छन् ।
पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सय भन्दा बडि संख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाका स्थानियवासी सम्भु उपाध्यायले बताउनु भएको छ ।

रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको पाल्ही क्याम्पस पछाडिको खुला मैदानमा मैदान नै भरिने गरी एक सय भन्दा बडि संख्यामा गिद्ध बुधवार विहान मृत अवश्थामा फेला परेका छन । यति धेरै संख्यामा प्रकृतिका कुचिकार मानियका गिद्धको मृत्यु कसरी भयो खुल्न सकेको छैन ।
खुला मैदान बीचमा एउटा कुकुर मरेको देखिएको आधारमा यो कुकुरलाई विष खुवाएर मारिएको र यसैको मासु गिद्धले खाए पछि गिद्धहरु मरेको हुन सक्ने अनुमान गरिएको भए पनि यति धेरै गिद्धको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन ।

पशुमा उपचारका क्रममा डाईक्लोफिनाईक्स औषधि प्रयोग गरिएको र सो औषधिको ईन्जेक्सन पछि पशुको मृत्यु भएको खण्डमा त्यो पशुको मासु खाए पछि यसरी नै गिद्ध मर्न सक्ने सम्भावना रहने गर्दछ । नेपालमा डाईक्लोफिनाईक्स औषधि प्रयोगमा प्रतिबन्ध लगाईएको छ । प्रतिबन्ध भए पनि नवलपरासीको यो क्षेत्र भारतीय खुला सिमानासंग जोडिएको हुनाले कसैले यो औषधि भारतबाट ल्याएर प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : ३० बजे