साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नक्कली पीसीआर रिपोर्टका कारण १ सय २२ यात्रुविमानस्थलबाट फर्काइयो

काठमाडौं . नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा प्रहरीले १ सय २२ जनालाई विमानस्थलबाट फर्काइएको छ। त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका युवाहरुले देखाएको पीसीआर रिपोर्टमा शंका लागेपछि रोकेको हो। रोकिएका सबै सूर्य ल्याब सिनामंगलमा कोभिड १९ परीक्षण गरी उडने तयारीमा थिए । 

रिपोर्ट लिएर विभिन्न मुलुक जान लागेका उनीहरुलाई विमानस्थलमै रोकिएको हो। अधिकांश खाडी मुलुकमा जान लागेकाहरु रोकिएका छन्। 
सूर्य ल्याबमा महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार छापा मारेको थियो। छापा मार्दा ल्याबले स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिएको खुलेपछि प्रहरीले विदेश जाने मानिसको रिपोर्टमा कडा निगरानी थालेको थियो । 

हिजो ल्याबमा छापा मारेको थियो। उनीहरुले पनि त्यही ल्याबको रिपोर्ट बोकेको पाएपछि नियन्त्रणमा लिएका हौं बाँकी अनुसन्धानबाट थाहा हुने डिउटीमा खटिएका प्रहरीले भने । नियन्त्रणमा लिइएका नागरिक सवै भारतीय भएको बुझिएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : १० बजे