‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालगञ्जमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ– बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सबै प्रकारका सेवा निषेध गर्ने आदेश जारी भएको जानकारी दिए ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको विज्ञप्तीमा भनिएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ११ : ५५ बजे