साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सभामुख सापकोटा विरुद्धको मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहनु भएको छ ।

सशस्त्र द्वन्दका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाको समेत संलग्नता रहेको दावी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि पूर्णीमा लामाले दिनु भएको निवेदन उपर सुनुवाइ हुन लागेको हो ।

यसअघि पटक पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेसीमा राखिएको छ । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन्।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ११ : ४४ बजे