तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा ती वृद्धा सख्त घाइते भएकी थिइन् ।
दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।
ठक्कर दिने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । रासस
प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार ९ : ५४ बजे
प्रतिक्रिया