‘एउटै नाउरको सिकार गर्न २३ लाख’

शोभायात्रालाई देवघाटमा स्वागत

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी ल्याइएका मूर्तिसहितको शोभायात्रालाई देवघाटमा स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले यहाँ स्वागत गरेको हो । दासढुङ्गा पुलदेखि बाजागाजासहित शोभायात्रालाई स्वागत गर्दै देवघाटमा लगिएको छ । देवघाटमा विभिन्न मठका पीठाधीश, गुम्जा, क्लब, आमा समूह, स्थानीय, जनप्रतिनिधिलगायतले स्वागत गर्नुभएको छ । शोभायात्रामा सहभागीलाई आज देवघाटमा खाने बस्ने व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।
 
माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति आजै यसतर्फ ल्याइएको हो । गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो । मूर्र्ति आजै पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याइएको हो ।
 
बुधबार बिहान देवघाटका विभिन्न पिठाधीशको उपस्थितिमा नारायणीको पवित्र जलले जलाभिषेख गरी माडीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त शोभायात्रा दासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने छ ।
 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : १२ बजे