देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चलचित्र नालापानी हेर्न एमाले नेताहरुकाे आग्रह

​​​​​​​काठमाडौं ।  ऐतिहासिक चलचित्र नालापानी नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा  देखाइएको छ । नालापानी हेरेपछि एमाले नेताहरूले यो चलचित्र सबैलाई हेर्न आग्रह गर्नुभएको छ ।

एमाले महासचिव शंकर पोखरेलले नेपाल बचाउन वीर नेपाली सेनाले खेलेको भूमिकाको प्रसंसा गनुृहुँदै  फिल्म नेपाली इतिहासको त्यही कथालाई बोकेको बताउनुभयो । 

पोखरेलले नालापानीले नेपाली वीरताको गाथा देखाएको बताउँनुहुँदै उक्त फिल्म सबै नेपालीले हेर्नु पर्ने बताउनुभयो । ‘अंग्रजेजसँगको भएको युद्धमा नालापानीले महत्त्वपूर्ण ऐतिहासिक यथार्थ देखाएको छ । नेपालको देश भक्ति र राष्ट्रिय भावना राख्नेहरूले यो फिल्म हेर्नै पर्छ ।’
एमाले नेता प्रेमनाथ अधिकारीले यस फिल्मले नेपालीहरूको वीरता संसारलाई चिनाएको बताउनुभयो  । उाहँले भन्नुभयो,‘यस फिल्मले नेपालीहरू संसारमा कहीँ गएर पनि झुक्दैनन् भन्ने सन्देश दिएको छ । यो वास्तविकता हो । इतिहास बुझ्न यो चलचित्र सबैले हेर्नु पर्छ ।’

चलचित्र नालापानी हेरेपछि एमाले कार्यालय सचिव डा. भिष्म अधिकारीले हाम्रो देश कसरी जोगिएको थियो भन्ने फिल्म हेरेपछि छर्लङ हुने बताउनुभयो । उहाँले नेपालको सिङ्गो इतिहास हेर्न र बुझ्न चाहानेहरुले यो फिलम हेर्नै पर्ने बताउनुभयो । 

चलचित्र नालापानी साउन १८ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । प्रदर्शन अघि यो चलचित्र विभिन्न दलको नेता र समाजसेवीहरूलाई देखाइने फिल्म निर्देशक रिमेश अधिकारीले बताउनुभयो । फिल्मको प्रदर्शनको सहजिकरण निर्देशक विश्वमणी घिमिरेले गर्नुभएको छ । 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ३ : ५९ बजे