दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर  पोखरेल झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन  दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बिहीबार बिहान ८ बजे  आफ्नै घरको भर्‍याङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको  भक्तपुर प्रहरीले जनाएको छ । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ  ।  नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको बुझिएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले पोखरेलले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ३ : ४० बजे