साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेस, थप ५ दिन म्याद थप्न गर्न सरकारी वकिलको सिफारिस

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज पुन: धनुषा जिल्ला अदालतमा पेस गरेको छ । सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका सिरोहियासँग जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ३ घन्टा बयानपछि प्रक्रियाका लागि जिल्ला अदालत लगिएको हो । जिल्ला अदालत धनुषाको पाँच नम्बर इजलासमा उहाँलाई पेस गरिएको छ । त्यो इजलासमा न्यायाधीस रोमाकान्त ज्ञवाली हुनुहुन्छ ।

अध्यक्ष सिरोहियालाई बुधबार अदालतले अनुसन्धानका तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । गृहमन्त्री रवि लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोधपूर्ण रुपमा नागरिकतासम्बन्धी कसुरको आरोप लगाउँदै गत मंगलबार उहाँलाई कार्यकक्षबाट पक्राउ गर्न लगाउनुभएको हो । उहाँलाई बुधबार विहान धनुषा पुर्याइएको हो । अदालतबाट ३ दिनको म्याद लिएर अध्यक्ष सिरोहियामाथि धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  २ : ३६ बजे