दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

त्रिशक्ति क्लबको ३८औँ स्थापना दिवस ७० जनाले गरे रक्तदान

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर ५ मा रहेको त्रिशक्ति क्लबले २५६८ औँ बुद्ध जयन्ती तथा क्लबको३८ औँ वार्षिक उत्सवको दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम ७० जनाले रक्तदान गरेका छन् ।

क्लबले बुद्ध जयन्ती तथा ३८औँ वार्षिक उत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्रिशक्ति क्लब कोटा टोलमा शुक्रवार बिहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिशक्ति क्लबकी अध्यक्ष मिना श्रेष्ठले बताइन्। उनले यस्तो कार्यक्रम क्लबले वार्षिक रूपमा आयोजना गर्ने बताइन् ।

क्लबले रक्तदान कार्यक्रम स्थापनाको समयदेखि नै गर्दै आएको छ । रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यमा वडाध्यक्ष विरेन्द्र प्रजापतिले गरेका थिए ।

 

क्लब आयोजक रहेको रक्तदान कार्यक्रमको सह–आयोजक काठमाडौँ महानगरपालिका रहेको  छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  २ : १० बजे