दलित गाउँका पहिलो शिक्षक

अडानबाट कांग्रेस ‘ब्याक’,सहमतिका  लागि नयाँ प्रस्ताव 

 

काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि उप तथा गृहमन्त्री रवि लामिछानेको नाम  तोकेर छानबिन गर्नुपर्ने माग राख्दै आएको कांग्रेस आफ्नो अडानबाट ब्याक भएको छ। 

शुक्रवार बिहान बसेको सहकारी पीडितका सम्बन्धमा गठन भएको उच्चस्तरीय संसदीय छानबिन  समितिको बैठकमा  काँग्रेसले पुरानो आफ्नो अडानबाट ब्याक हुँदै नयाँ प्रसताव गरेको छ। सो अनुसार  सहकारी ठगीमा संलग्न  भएको भनिएको उप तथा गृहमन्त्री लामिछानेको नाम किटान नगर्ने र उहाँ संलग्न भएका सहकारीको नाम उल्लेख गर्ने नयाँ प्रस्ताव काँग्रेसले ल्याएको छ। 

काँग्रेसको यो प्रस्तावमा शीर्ष तहमा छलफल गर्ने भन्दै केही बेर अगाडि बैठक सकिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तोलाले व्यक्तिको नाम किटान नगर्ने तर  लामिछाने सँग जोडिएका सहकारीको नाम तोकेर जाने प्रस्ताव कार्यदलमा काँग्रेसले ल्याएको जानकारी दिनु भयो। 

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) मा नेपाली काँग्रेसले नयाँ प्रस्ताव ल्याएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

कानुन मन्त्री पदम गिरी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा हुनुहुन्छ  भने रास्वपा सांसद शिशिर खनाल पनि पार्टी सभापति रवि लामिछानेबीच पनि छलफल हुँदैछ। 

काँग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न भएको संस्थाको नाम राखेर टीओआर टुङ्ग्याउन आजको बैठकमा नयाँ प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १२ : ०७ बजे