दलित गाउँका पहिलो शिक्षक

‘सिरोहिया कोलाहल’मा बार विभाजित 

काठमाडौं । बेला बेलामा अदालत माथि हाबी हुँदै आएको  कानुन ब्यावसायीको छाता संस्था नेपाल बार एसोसिएसन ‘सिरोहिया कोलाहल’  मा विभाजित भएको छ। 

कान्तिपुर पब्लिकेशनका अध्यक्ष  कैलाश सिरोहियालाई नागरिकता किर्ते गरेको आरोपमा अदालतको आदेशबाट पक्राउ गरेपछि   अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अन्जिता खनालले त्यसको विरोधमा ९ गते निकालेको विज्ञप्तिका विषयमा बार विभाजित भएको हो। 

कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि प्रहार भएको उल्लेख  गर्दै विज्ञप्ति निकालेको थियो  ।

 धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन काठमाडौँबाट सिरोहियालाई  जेठ ८ मा पक्राउ गरिएको थियो । 

बारको सो धारण संस्थागत नभएको भन्दै ७ केन्द्रीय सदस्यले त्यसको विरोधमा अर्को विज्ञप्ति  प्रकाशित गरेका छन्। उनीहरूले बारको संस्थागत निर्णय, बारको नारा र उद्देश्य माथि प्रतिकुल हुने गरी सिरोहियाको पक्षमा विज्ञप्ति निकालेको भन्दै त्यस विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठकको माग गरेका छन्। 

यसरी माग गर्ने केन्द्रीय सदस्यमा सुधीर कुमार कर्ण, भरतबहादुर राउत, शर्मिला थापा विष्ट, किरण कुमारी साह, नरेश कुमार साह, सन्तोषकुमार राउत, केन्द्रित मडै छन् । 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : ४२ बजे