साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिरोहियामाथिको अनुसन्धान सकिएन, म्याद थप्न अदालत लैजाने तयारी

जनकपुरधाम । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लग्ने तयारी गरेको छ ।

धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । उक्त म्याद बिहिवार नै सकिएको थियो ।  विहिवार सार्वजनिक विदा रहेकाले प्रहरीले आज सिरोहियालाई म्याद थपका लागि अदालत लैजान लागेको हो । 
अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई ११ बजेपछि अदालत उपस्थित गराउन लागिएको हो ।

जिल्ला अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई  मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई सोही राति स्थलमार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो । सिरोहियाको नागरिकता अगिकृत हुनुपर्नेमा वंशज बनाइएको, फरक फरक कम्पनीमा फरक फरक नागरिकता प्रयोग भएको, सिरोहियाको नाममा रहेको नागरिकता अर्कै व्यक्तिको नाउँमा समेत देखिएको लगायत आरोपहरु सिरोहियामाथि छन् ।

सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो। सो उजुरीमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : ३८ बजे