दलित गाउँका पहिलो शिक्षक

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

काठमाडौं । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिनु भएको छ ।

पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिनु भएको हो । साथै उहाँसँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्कविहीन हुनुभएको छ ।

उहाँहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको बिभागले जनाएको छ । विहीबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिनु भएको थियो ।

साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको बिभागले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ७ : ०८ बजे