दलित गाउँका पहिलो शिक्षक

ओलीको प्रश्न : एउटा मिडियाकाे मालिक पक्राउ पर्दैमा कसरी लोकतन्त्र खतरामा पर्‍यो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मिडियाको मालिक पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्यो भन्नु गलत रहेको बताउनुभएको छ ।

गृह जिल्ला झापामा सञ्चारकर्मीसँगको कुराकानीमा कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे ओलीले यस्तो बताउनुभएको हो  । ‘‘मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदा केहि नहुने । लोकतन्त्र कसरी खतरामा परिहाल्यो त, एक जना मिडियाका मालिक पक्राउ पर्दा ?’ ओलीले भन्नुभयो ,‘पक्राउ गर्नु सही हो या होइन, समय सही हो या होइन, त्यता म जान्नँ । तर, यसलाई लोकतन्त्रमाथिको खतरा भन्नु गलत हो’

सिरोहियालाई समाचार लेखेको आधारमा पक्राउ गरेको हो र भन्दै उहाँले  सरकारसँग नागरिकताको विषयमा  छानबिन गर्नसक्ने अधिकार रहेको बताउनुभयाे । 

ओलीको भनाइ जस्ताको तस्तैः

त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन । कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।

त्यस सम्बन्धमा फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने । डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार भए । सही हो कि गलत भयो, म त्यता जान चाहन्न । टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला ।

तर, डमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरू खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।

एउटा मिडियाले लेखेकै भरमा पक्राउ पुर्जी जारी गर्नुपर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी थप्छन्, ‘के लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको ? के लेखेको आरोप उनीमाथि लागेको हो ? के छ ? मलाई त्यति थाहा भएन । के लेखेको विषयमा भनेको छ सरकारले ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? त्यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । देशमा सबै कानूनका मातहतमा छन् भन्ने कुरा बुझ्नु र मान्नुपर्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  २ : ४४ बजे