साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बिवहा गरेको एक सातामै श्रीमानमाथि  वैवाहिक बलात्कारको मुद्दा

काठमाडौं । काठमाडौंमा एक महिला विवाह भएको एक साता पनि नबित्दै वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी छिन् । 

श्रीमान्‌ले आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने गरेको, नमान्दा कुटपिट गर्ने गरेकोलगायत आरोपसहित ती महिला गत वैशाख १४ गते प्रहरीकहाँ पुगेकी हुन् । उनको वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा विवाह भएको थियो ।

वैदेशिक रोजगारीका लागि जापानमा विगत १० वर्षदेखि बस्दै आएकी कमलाको यो दोस्रो विवाह हो । पारिवारिक चिनजान रहेकासँग प्रेम सम्बन्ध रहेपछि दुई महिनाअघि उनी विवाहका लागि नेपाल आएकी थिइन् । कमलाको पहिलो विवाह पनि प्रेम विवाह नै रहेको थियो । जापानमै रहेका श्रीमान्‌सँग सम्बन्ध बिग्रिएपछि उनी दोस्रो विवाह गर्ने अवस्थामा पुगेकी थिइन् । दीपकको पनि यो दोस्रो विवाह थियो । १३ वर्षअघि विवाह गरेकी श्रीमतीसँग १० वर्षपछि सम्बन्ध विच्छेद भएपछि उनले कमलासँग नजिकिएर दोस्रो विवाह गरेका थिए  ।

नयाँ बानेश्वरमा बस्दै आएका दीपकले वैशाख १३ गते राति यौन सम्पर्क राख्न खोज्दा नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको जाहेरवालाको दाबी छ । यता दीपकले त्यस दिन आफ्ना बुबासँग कमलाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको र त्यो कुरा आफूले थाहा पाएपछि दुईजनाबीच सामान्य विवाद भएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् । दीपकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  २ : ३६ बजे