दलित गाउँका पहिलो शिक्षक

भीम रावलको प्रश्न- के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानून हुन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभएको छः

गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ? कानूनी राज्यको उपहास!

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ४७ बजे