‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कर्णालीका नवनियुक्त मन्त्री शाहद्वारा शपथ

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त हुनुभएकाे छ ।

मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गर्नुभएकाे थियाे ।

तर शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयको शपथ लिनुभएकाे छ । उहाँले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिनुभएकाे छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ४ : २४ बजे