‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सिरोहियालाई तीन दिन  हिरासतमा राख्न अदालतको अनुमति

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले तीन दिनको म्याद थप अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद थप अनुमति दिएको हो ।

न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले बताए ।

नागरिकता कीर्ते प्रकरणमा हिजो काठमाडौंमा पक्राउ परेका सिरोहियालाई रातभरि स्थलमार्ग हुँदै बिहान धनुषा ल्याइएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ३ : ३६ बजे