दलित गाउँका पहिलो शिक्षक

महिला बेचबिखन विरुद्ध मुद्दाको  बर्षौ सम्म हुँदैन फैसला 

काठमाडौँ। महिला बाल बालिका बेच बिखन विरुद्धको मुद्गमा बर्षोसम्म फैसला हुँदा पीडितलाई झन् पीडा भएको गुनासो बढेको पाइएको छ।  

शक्ति समूहले राजधानीमा मङ्गलवार आयोजना  गरेको मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा पेस गरिएको एक सर्वेक्षण अनुसार यस्तो तथ्य सार्बजनिक भएको हो। 

मानव बेच बि खनका विरुद्ध कार्यरत शक्ति  समूहको तर्फबाट तथ्य पेस गर्दै कार्यकारी निर्देशक बालकुमारी दर्लामीले यस्तो तथ्याङ्क पेस गर्नुभएको हो। उहाँका अनुसार २०६४ मा दर्ता भएका मानव बेचविखनविरुद्धको मुद्दा २०७२ सालमा फैसला भएको उदाहरण छ। 

उहाँका अनुसार यस्ता मुद्दा अहिले सम्म १ सय वटा अदालतमा दर्ता भएकोमा १४ वटाको मात्र फैसला भएको छ। यस्ता ८६ मुद्दा अझै अदालतमा विचाराधीन रहेका छन् । 

कार्यक्रममा समूहका रणनीतिक तथा पैरवी निर्देशक चरिमाया तामाङले मानव बेचबिखन विरुद्धको काममा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। 

पत्रकार मात्रिका पौडेलले  मानव बेचखिन विरुद्धको अभियानमा सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले बिभिन्न तरिकाले महिला र बाल बालिका मात्र नभएर पुरुषहरू पनि बेच बिखनमा पर्ने गरेको बताउनुभयो। 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : ५५ बजे