‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नाराबाजी र बेल घेराउबीच संसदमा धन्यवादको प्रस्ताव पारित 

काठमाडौँ। प्रतिनिधिसभाको  मङ्गलवार को बैठक पनि काँग्रेसले अवरोध गरेको छ। अवरोध र नाराबाजीका बिच नै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति कार्यक्रम  टेबुल हुनुका साथै बहुमतले राष्ट्रपतिले गरेको संशोधन प्रति  धन्यवाद ज्ञापन गरेको छ। 

नाराबजीसंगै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई रोष्टममा जानाबाट रोक्ने प्रयास गरेका थिए । तर मर्यादापालकको सुरक्षाका कारण उहाँ रोष्टममा पुग्नु भएको थियो। 

सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रम छलफलका लागि जेठ ११  गते तोक्नु भएको छ। त्यसैगरी नीति कार्यक्रममा संशोधन गर्न चाहने सदस्यका लागि जेठ नौ गते तोक्नु भएको छ। 

त्यसैगरी उद्योग मन्त्री दामोदर भण्डारीले लगानीको सहजीकरण सम्बन्धी अध्यादेश अनुमोदनका लागि पेस गर्नुभएको थियो। उप तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी जारी भएको अध्यादेश  फिर्ता लिएको प्रस्ताव पेस गर्नुभएको थियो । 

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १ : १३ बजे