‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

 मधेसमा जनमतलाई मुख्यमन्त्री दिएर सरकार बनाउने तयारी 

काठमाडौं। जसपा नेपाल विभाजन भएपछि मधेसमा   कुन पार्टीको नेतृत्वमा सरकार बन्ने भने बहस  अब छिटै समाप्त हुने भएको छ। मधेसको सबैभन्दा ठुलो दल एमाले  ,  जनमत र माओवादीबीच मुख्यमन्त्री जनमत पार्टीलाई दिने सहमति नजिक पुगेपछि लामो समयको अन्योल समाप्त भएको हो। 

जसपा नेपाल केन्द्रमा विभाजन भएपछि मधेस सरकारबाट एमाले र माओवादी बाहिरिएका थिए। उनीहरू बाहिरिए सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि सरोज यादव नेतृत्वको सरकार धरापमा परेको थियो। 

 मधेसका एक एमाले नेताका अनुसार मुख्यमन्त्री जनमतलाई दिने बिषयमा केन्द्रमा सहमति भएको  छ।  यो सहमति कायम भए जनमत एमाले, माओवादी र नेकपा एस  सहितको सरकार बन्ने छ। यद्यपी लोसपालाई समेत सरकारमा आउने ती नेताले बताए। 

सरकार बनाउन ५६ सांसद आवश्यक पर्ने मधेसमा एमालेका २५, जनमतको १३ , माओवादीका ९ एसका ७    रहेका छ। यी पार्टी मिल्दा पनि २ सिट सरकार बनाउन अपुग हुन्छ। नागरिक उन्मुक्ति पार्टी १ र रिजवान अन्सारीको पार्टीको १ सांसदको समर्थन यो गठबन्धनलाई हुने बताएको छ। त्यसै गरी ८ सांसद भएको लोसपा पनि यो गठबन्धनमा सहभागी हुने भएको एक नेताले बताए। 

मुख्यमन्त्री जनमतलाई दिने सहमति भए पनि सो पार्टी भित्र भने दुई नेताबिच प्रतिस्पर्धा रहेको छ। मुख्यमन्त्रीमा जनमत पार्टीका सतिस सिंह कि महेश यादव भन्ने बिषय आन्तरिक रूपमा जनमत भित्रै टुङ्गो लागेको छैन। महेश यादव संसदीय दलको नेता  हुन् भने संसदीय विकास समितिका सभापति हुन् । यी दुवै नेता जनमतका केन्द्रीय अध्यक्ष डा सिके राउतको क्षेत्रबाट चुनाव जितेर आएका हुन् । स्रोतका अनुसार राउतको भित्री चाहना भने सिंहलाई नै मुख्यमन्त्री बनाउने  छ। 

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ९ : ५२ बजे