दलित गाउँका पहिलो शिक्षक

थलीमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान बेवारिशे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । प्रहरी वृत्त बौद्धका अनुसार उक्त शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो ।
प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ

म‌गलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ९ : ४१ बजे