‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दलित गाउँका पहिलो शिक्षक

काठमाडौंको थलीमा एक पुरुष मृत भेटिए

 काठमाडौंको । काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ ।

थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।

शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ  । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : ०६ बजे