दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सेलाएको सार्क ब्युँताउन बहस

काठमाडौँ ।  दक्षिय एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)  निर्जिव भइरहेको वेला परारष्ट्रविद्हरुले अव बोल्ड निर्णय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।  

मदन भण्डारी फाउण्डेशनले साेमबार यहाँ आयोजना गरेको दक्षिण एसियाको भविष्य; अवसर, चुनौती र सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले भारत र पाकिस्तानको कारणले सार्कलाई बन्दक बनाउन नहुने सुझाव दिएका हुन् । 
एमालेका स्थायी कमिटीसदस्य डा. राजन भट्टराईले सार्कलाई सक्रिय बनाउनका लागि ठाउँ परिवर्तन गरेर भएपनि शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो । 

उहाँले नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र भएकोले पुर्नजिवित बनाउनका लागि पहल गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले पाकिस्तानमा हुन नसकेको शिखर सम्मेलन नेपालमा नै गर्नुपर्ने बताउनुभयो ।“अहिले पनि हामीमा अन्य देशलाई कन्भिन्स गर्ने क्षमता रहेको छ । नेपालका लागि किन शिखर सम्मेलन उपयुक्त छ भनेर अहिलेको वातावरणले हामी बताउन सक्ने ठाउँमा रहेका छौ,” उहाँले भन्नुभयो, “चाहे त्यो सार्कको कुरा होस् वा राजनीतिक वातावरणको कुरा होस् चाहे हाम्रो वहुपक्षिय सम्बन्धको कुरा होस् । सवैको जस्तो हाम्रो अरु देशको जस्तो प्रतिकुल अवस्थामा छैनौ ।”

उहाँले सार्कलाई पहिल्यै अवस्थामा फर्काउनका लागि नेपालले अध्यक्ष राष्ट्रको हैसिलयले पहल गर्नुपर्ने भनाई राख्नुभयो ।
उहाँले एमाले सरकारमा गएपछि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन बुझाउनेमा सकारात्मक वातावरण बनेको भन्दै भारतमा निर्वाचन सकिएपछि बुझाउने तयारी भइरहेको बताउनुभयो । “भारतको निर्वाचन सकिएपछि सरकारकै पहलबाट इपिजीको प्रतिवेदनलाई बुझाउने पहल गर्नुपर्दछ” उहाँले भन्नुभयो, “हामी कपिपय बिषय यस्ता हुन्छन् । त्यसमा हामी थकित हुनुहुँदैन । प्रतिवेदन लामोसमयदेखि थाति राखेका समस्यालाई सम्बोधन गरेको छ । त्यसमा सहमति प्रतिवेदन तयार गरेकोले भारतले नाई भन्न सक्दैन । हामीबाट त्यो प्रतिवेदन सहि भएकोले हामीले बुझाउन खोज्दा खोन्दै सकेनौ थकित भयो भनेर छाड्न हुन्न । ”

सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो । 
उहाँले आफू परराष्ट्रमन्त्री हुँदा वखत सम्मेलन गराउनका लागि श्रीलंकामा भएको कार्यक्रममा सवै देशका परराष्ट्रमन्त्रीलाई भेटेर पहल गरेको स्मरण गर्नुभयो । “सवै देशबाट सकारात्मक जवाफ आएपनि भारतबाट आएन । भारतले जवसम्म पाकिस्तानमा शिखर सम्मेलनको ठाउँ तोकिन्छ तवसम्म हामी गदैनौ भन्ने जवाफ आयो,” उहाँले भन्नुभयो । 

उहाँले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले बन्दक बनाएर राख्न नहुने बताउनुभयो । उहाँले सार्कसंग हामीले अन्य संगठनसंग के के फाइदा लिन सकिन्छ त्यता तिर पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

परराष्ट्रविद् डा. निश्चलनाथ  पाण्डेले नेपाल अध्यक्ष राष्ट्र भएकोले सार्कका गतिविधि गर्नुपर्ने धारणा राख्नुभयो ।  
मलेसियाका लागि नेपालका पूर्वराजदूत उदयराज पाण्डेले सार्कको साँचो भारतको रहेकोले भन्दै हामी अध्यक्ष राष्ट्र भएकोले बोल्ड निर्णय गरेर सार्कलाई पुनजिवित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्कको एजेण्डा लिएर सवै देशको भ्रमण गर्नुपर्ने सुझाव दिनुभयो । 

“हाम्रो काँधमा अध्यक्षको जिम्मेवारी आइलाग्यो । सवै जनाले ब्लेम हामीलाई नै गर्नछन र गर्नुपनि पर्दछ । कि हामी यसलाई भंग गरेर जाउ कि पुनजिवित गरौ । अध्यताको हैसियतले हामीले एउटा बोल्ड डिसिजन गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।  

परराष्ट्रविद् शम्भुराम सिंखडाले  राजनीतिक दल, नागरिक समाज र  मिडियाले दवाद दिएर भएपनि सार्कलाई पुनजिवित बताउनुुपर्नेमा जोड दिनुभयो ।  उहाँले पाकिस्तान र भारतमा नयाँ सरकार बनेसंगै सार्कले पुर्नजिवित पाउने सम्भावना रहेको बताउनुभयो । “सार्कको सक्रिय बनाउने जोड दिनुपर्दछ । संस्थागत रुपमा सार्क जति अगाडि बढेको छ । विमेस्टेक त्यति अगाडि बढेको छैन । सार्कले चार्टर बनाउने सम्मको काम गरिसकेको छ । त्यो लेभलमा पुगेको सार्कलाई बचाउनुपर्दछ,” उहाँले भन्नुभयो । 
एमालेकी केन्द्रीय सदस्य शर्मिला कार्कीले राजनीतिक दलका नेताहरुबीच पनि सार्कका बिषयमा गम्भिर बन्नुपर्ने सुझाव दिनुभयो ।
प्राध्यापक प्रेमसागर चौलागाईले सार्कलाई फरक तरिकाले लैजानुपर्नेमा जोड दिनुभयो ।  

फाउण्डेशनका अध्यक्ष महेन्द्र वहादुर पाण्डेले सार्क सक्रिय नहुदा नेपाललाई घाटा भएकोले भन्दै अध्यक्ष राष्ट्रको हैसियतले सार्कलाई नेपालले सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ६ : ५५ बजे