‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दलित गाउँका पहिलो शिक्षक

बालेनको चेतावनीपछि छुटे फोहोरका गाडी चालक

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताउनु भएको छ । बुझेर कदम चाल्न चेतावनी दिदै बालेनले पदमा तलमाथि र भूमिकामा तलमाथि भएपनि महानगरका कर्मचारीको आत्मसम्मानमा सम्बेदनशील रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,’ फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला- पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ। अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।,’

यसअघि मेयर बालेनले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिनु भएको थियो । सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गर्नुभएको थियो ।

बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिनुभएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ९ : ३९ बजे