‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लामिछानेमाथि  कारबाहीको माग गर्दै सभामुख समक्ष निवेदन 

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन दिएका छन् ।

सदनमा गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली काँग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाइचढाइ गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै सभामुखसमक्ष निवेदन दिएका हुन् ।

उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन् । कूटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपि पनि उनले बुझाएका छन् ।

‘उहाँले बोलेका कुराको अडिओ तथा भिडिओ प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिक रूपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने आफुले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफुले कसैलाई आरोप नलगाएको बताएका हुन् ।

उनले भनेका छन   –

शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने

१० मैले कसैलाई कुनै आरोप लगाएको छैन । मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको। 

२० हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ ( छानबिन समितिको कार्यादेश ९टिओआर० रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ।
सार चाहिँ यत्ती नै हो,समाचार त के के आयो आयो । 
 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ४९ बजे