‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखायो: कानूनमन्त्री गिरी

काठमाडौं । कानूनमन्त्री पदन गिरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको आरोप लगाउनु भएको छ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको आरोप लगाउनुभयो।

कांग्रेसले आज गरेको निर्णय त्रुटिपूर्ण रहेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘संसदीय समिति बनाउने कुरामा सत्तापक्ष तयार भयो । त्यसपछि कांग्रेसले सहज ढंगले सदन खुलाउन सहयोग गर्नुपर्छ कि पर्दैन ? सरकारले विश्वासको मत लिने संवैधानिक बाध्यता छ त्यो राख्न पनि नपाउने ?

उहाँले कांग्रेसले एकपछि अर्को माग थप्दै संसदीय गतिविधिमा बाधा पुर्‍याएको बताउनु भयो । कांग्रेस गैरसंसदीय र अलोकतान्त्रिक ढंगबाट प्रस्तुत भएको दाबी गर्नुभयो।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ३ : १२ बजे