‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो : विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार परिवर्तनमा असफल भएपछि काँग्रेस छट्पटिएको बताउनु भएको छ ।

संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा बोल्नुहुँदै उपाध्यक्ष पौडेलले सरकार परिवर्तन गर्न नसक्दा काँग्रेसको छट्पटि देखिएको बताउनुभएको हो ।

“सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो,” उहाँले भन्नुभयो, “प्रतिपक्षको व्यक्त धारणा त्यही हो । यसलाई बुझ्न कठिनाइ पर्दैन ।”

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  २ : ५० बजे